३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ

अ+ अ-

काठमाडौँ । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन्। बिहीबार बिहान अपराध महाशाखाको टोलीले पर्सा प्रहरीसँग समन्वय गरी वीरगन्जबाट उनलाई पक्राउ गरेको स्रोतले बताएको छ।

स्रोतका अनुसार चिनी मिल सुशिला गोयलको नाममा रहेको तर अंशबन्डा हुँदा सुशिलाको जेठाजू मनोज भागमा चिनी मिल परेको थियो। तर मिल पूर्ण रूपमा मनोजका नाममा आइसकेको छैन । यसअघि स्वामित्व विवाद हुँदा किसानको रकम बक्यौता रहन गएको कम्पनीले बताएको थियो।

उखु किसानलाई उक्त चिनी मिलले १६ करोड बढी तिर्न बाँकी छ। यसअघि किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई पक्रन पुर्जी जारी गरिएको थियो। उक्त निर्देशनपश्चात मनोज फरार थिए। अग्रवालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१ वर्षअघिको सम्झौता कार्यान्वय नभएको भन्दै गत मंसिर २८ गतेदेखि उखु किसानहरू पुनः आन्दोलनमा उत्रिएका थिए। सरकारले सम्झौता भएको २१ दिनभित्र उखु किसानहरुलाई भुक्तानी गरिसक्ने बताएको छ । चिनी मिललाई भुक्तानीको लागि २१ दिनको म्याद तोकिएको छ। त्यतिबेलाभित्र उखु किसानहरुलाई भुक्तानी नदिए उनीहरूमाथि कारबाही अगाडि बढाइने सरकारले वाचा दिएको छ।

प्रतिक्रिया दिनुहोस