२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिनियाँ टोलीसँगको भेटमा के भने प्रधानमन्त्रीले ?

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब पछाडि फर्किन सकिने स्थिति नरहेको बताएका छन् । सोमबार चिनियाँ टोली सँगको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

आइतबार काठमाडौँ आइपुगेको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको थियो । भेटमा चिनियाँ टोलीले नेपालको संसद् विघटनको बारेमा चासो राखेको थियो । प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले पार्टीभित्रैबाट संसद्को दुरुपयोग गरी अप्रिय दुर्घटना निम्त्याउने तयारी भएपछि संसद् विघटन गर्नुपरेको बताएका थिए ।

स्रोतका अनुसार चिनियाँ टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले ताजा जनादेशका लागि चुनावमा जाने निर्णय लिउको बताउँदै अब पछि फर्किन नसकिने बताए । उनले भने, ताजा जनादेशका लागि चुनावमा जाने निर्णय गरेको हुँ, अब सम्झौताका नाममा पछि फर्किन सकिन्न ।’

यस्तै चिनियाँ राष्ट्रपतिका विशेष दूत कुओ येचौले ‘के मध्यावधि चुनाव सहज ढङ्गले सम्भव छ ?’ भनी सोधेको प्रश्नमा उनले ‘किन छैन ? मज्जाले सम्भव छ ।’ भनेर जवाफ दिएका थिए ।

स्रोतका अनुसार चिनियाँ टोलीले प्रधानमन्त्रीसँग तीन चरणमा भेट गरेको बताइएको छ । पहिलो चरणमा अर्थमन्त्री र सुवास नेम्वाङसहित, दोस्रोचरणमा प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराईसहित र तेस्रो चरणमा प्रधानमन्त्रीसँग एक्ले भेटवार्ता गरे ।

टोलीको अर्को जिज्ञासा पार्टीमा पुनः कुनै मिलन विन्दु छ ? भनेर सोधिएकोमा ‘नेकपा फुट नै नभएको र कोही नेता आफ्नो व्यक्तिगत स्वार्थका लागि गएका मात्र हुन्, यसलाई पार्टी फुटेको भन्न मिल्दैन’ प्रधानमन्त्रीले भनेका थिए ।

टोलीले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सनालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ। बुधबार पनि टोलीको राजनीतिक भेटघाट जारी रहनेछ।

प्रतिक्रिया दिनुहोस