काठमाडौँ । चिनियाँ उच्चस्तरीय टोली आज दोस्रो दिन पनि राजनीतिक भेटवार्तामा व्यस्त भएको छ।
नेकपा विवाद र संसद विघटनपछि आइतबार नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौ नेतृत्वको टोलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेको छ।
हिजो मध्यान्न नेपाल आइपुगेका चिनियाँ टोलीले आइतबार साझ राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो। चिनियाँ टोलीले अहिले नेकपा (प्रचण्ड-माधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चिनियाँ टोलीको भेटवार्ता भइरहेको छ।
प्रचण्डलाई भेटेपछि आजै अर्का अध्यक्ष माधवकुमार नेपाललाई भेट्दैछ। त्यस्तै वरिष्ठ नेता झलनाथ खनाललाई पनि भेट्ने कार्यतालिका रहेको छ।