काठमाडौँ । म्यानचेष्टर सिटी क्लबका दुई कर्मचारी र दुई खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
म्यानचेस्टर सिटीका स्ट्राइकर गाब्रियल जिसस र डिफेन्डर केली वाल्कर कोरोना भाइरसबाट संक्रमित भएका हुन् ।
संक्रमण पुष्टि भएका खेलाडी तथा कर्मचारीहरु आइसोलेशनमा बसेका छन् ।
दुई खेलाडी प्रिमियर लिगअन्तर्गत डिसेम्बर २६ मा हुने न्यूक्यासल युनाइटेड र त्यसको दुई दिनपछि एभर्टन तथा चेल्सीसँग जनवरी ३ मा हुने खेलमा मैदान बाहिर हुने छन् ।