काठमाडौँ । आज बस्ने भनिएको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा नजाने भएका छन्। सापकोटा बैठकमा नजाने उनका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन्।
न्यौपानेले भने, ‘बैठकका लागि सरकारबाट समन्वय, पूर्व तयारी र गृहकार्य नभएकाले आजको बैठकमा सभामुख जानुहुनेछैन ।’
यस अघि मंसिर २८ गते आइतबार बोलाइएको परिषद्को बैठकमा पनि सभामुख अग्निप्रसाद सापकोटा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतको उपस्थिति नभएपछि स्थगित भएको थियो।
संवैधानिक परिषद्को वैठक बोलाइएकोमा प्रचण्ड ओलीसँग असन्तुष्ट रहेको श्रोतले बताएको छ ।