१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई थुनामा पठाउने विशेषको आदेश

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ।

बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोगमा बस्न्यातलाई आइतबार विशेष अदालत उपस्थित गराएर ४ घण्टा बयान लिएपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।

न्यायाधीशहरू प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई थुनामा पठाउने आदेश जारी गरेको विशेष अदालतले जनाएको छ ।

सम्बन्धित समाचार : ललिता निवास जग्गा प्रकरणका आरोपित दीप बस्न्यात विशेष अदालतमा हाजिर भए

अख्तियारले बस्न्यातमाथि भ्रष्टाचार निवारण ऐनअ नुसार तीन वटा अभियोग लगाएको छ। सरकारी सम्पत्ति गैर कानुनी रूपमा अरूको नाममा दर्ता र भोग चलन गराएको, नेपाल सरकारलाइ हानी पुर्‍याउने बदनियतले लिखत तयार गरेको र सरकारी सम्पत्तिको हानी नोक्सानी गरेको अभियोग उनीमाथि छ ।

बस्न्यात भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवासस्थित सरकारी जग्गा व्यक्तिहरूको नाममा सार्न भूमिका खेलेको अभियोग लागेको हो। उक्त समयको न्यूनतम सरकारी मूल्याङ्कन अनुसार भन्दै अख्तियारले बस्न्यातका कारण नेपाल सरकारको ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ नोक्सान भएको निष्कर्ष निकालेको थियो।

उक्त रकमलाई बिगो कायम गरी अख्तियारले त्यति नै जरिवाना र ८ देखि १० वर्षसम्मको कैद सजाय माग गरेको छ। साथै नियतवश गलत लिखत तयार पारेको भन्दै उनलाई ३ महिनादेखि १ वर्षसम्मको थप सजाय र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना पनि माग गरेको छ।

साथै भ्रष्टाचार निवारण ऐन, २०५९ ले नेपाल सरकारका विशिष्ट श्रेणीका पदाधिकारीले गरेको कसुरमा थप तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेबमोजिम बस्न्यातलाई थप त्यस्तो सजायसमेत हुनुपर्ने अख्तियारको माग रहेको छ।

प्रतिक्रिया दिनुहोस