२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चियाको गुणस्तर बढाउन परियोजना सञ्चालन हुने

अ+ अ-

इलाम । चियाको गुणस्तर बढाउन इलामसहित १२ जिल्लामा सीप विकास परियोजना सञ्चालन गरिने भएको छ । केन्द्रीय चिया सहकारी सङ्घको आयोजनामा उद्योगी, किसान र श्रमिकलाई दक्ष बनाउन ‘गुणस्तरीय चिया उत्पादनका लागि सीप विकास परियोजना’ शुरु हुने भएको हो । सो परियोजना युरोपेली सङ्घको लगानी र ब्रिटिस काउन्सिलको व्यवस्थापनमा सञ्चालन हुनेछ ।

कार्यक्रम चिया उत्पादन हुने इलामसहित पाँचथर, झापा, ताप्लेजुङ, मोरङ, धनकुटा, तेह्रथुम, उदयपुर, भोजपुर, सङ्खुवासभा, रामेछाप, ललितपुरका जनशक्तिलाई दिइनेछ । परियोजनाद्वारा सञ्चालित तालीममा इलाम पाँच, पाँचथर दुई, झापा, धनकुटा, तेह्रथुम, ललितपुर, सङ्खुवासभामा एक/एक वटा तालीम स्थान रहनेछ ।

तालीम १५ महिना अवधिको रहनेछ । सीप विकास तालीमबाट तीन सय दक्ष युवा जनशक्ति उत्पादन गरिनेछ । गुणस्तरीय चिया उत्पादनका लागि आवश्यक पर्ने टोली नेता, वित्त अधिकृत, सञ्चार तथा तथ्याङ्क अधिकृत, तालीम तथा तथ्याङ्क अधिकृत, प्रशासन तथा परियोजना सहायक, मुख्य, सहायक प्रशिक्षक र स्थानीय व्यवस्थापन सहयोग सहायक (तह १) को सीप तालीममा सिकाइने छ ।

छनोटमा परेका सबैलाई परियोजनाको स्थानीय साझेदार रत्नकुमार वान्तवा पोलिटेक्निकल इन्स्टिच्युटले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ९सिटिइभिटी० मापदण्डको तालीम गराउने परियोजनाका डा. सुमित अधिकारीले बताउनुभयो । डा अधिकारीका अनुसार २० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत प्रयोगात्मक तालीम हुनेछ ।

परियोजनाअन्तर्गत एक पटकमा २० जनालाई तालीम गराइनेछ । विभिन्न ठाउँमा गरेर परियोजनाअन्तर्गत रु तीन करोड ११ लाख ५६ हजार ४६३ खर्च गरिनेछ । कूल लागतमा रु दुई करोड १५ लाख ५० हजार तीन सय कार्यक्रममा खर्च गरिनेछ ।

यस्तै रु पाँच लाख १० हजार छ सय सञ्चालन खर्च गरिनेछ । रु १८ लाख ६५ हजार ५६३ प्रत्यक्ष खर्च गरिनेछ । रु दुई करोड ८५ लाख १६ हजार ४६३ दक्षताको कोष सहयोग, कार्यक्रम कार्यन्वयन गर्ने संस्था केन्द्रीय चिया सहकारी सङ्घ लिमिटेडको रु २६ लाख ४० हजार योगदान रहने सङ्घका अध्यक्ष गोविन्द दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस