२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपाललाई जलवायु वित्तमा सहज र पर्याप्त पहुँच अत्यावश्यक’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरित यात्रामा एकसाथ अघि बढ्न नेपालले सबै मुलुकहरूबाट साथ पाउने अपेक्षा गरेको उल्लेख गर्दै जलवायुसम्बन्धी महत्वाकाङ्क्षा लागू गर्न नेपाललाई जलवायु वित्तमा सहज र पर्याप्त पहुँच अत्यावश्यक भएको बताएका छन्।

चिली र इटालीसँगको साझेदारीमा फ्रान्स, संयुक्त अधिराज्य तथा संयुक्त राष्ट्रसङ्घले संयुक्तरूपमा शनिबार आयोजना गरेको जलवायु महत्वाकाङ्क्षा सम्मेलनलाई पूर्व अभिलेखित ‘भिडियो’ बाट सम्बोधन गर्दै उनले पेरिस सम्झौता एवं विश्वव्यापी तापक्रम १.५ डिग्रीमा सीमित राख्ने आह्वानप्रति नेपालको दृढ समर्थन रहेको स्पष्ट पारे।

जलवायु उत्थानशील विकासको प्रवर्द्धनका लागि नेपाल पूर्णप्रतिबद्ध रहेको तथा कार्बन–शून्य अर्थतन्त्रको लक्ष्यतर्फ गतिशील रहेको बताउँदै उनले हरित वृद्धि र हरित पुनरुत्थान प्रवर्द्धनका लागि स्वच्छ एवं नवीकरणीय ऊर्जा उत्पादनलाई प्राथमिकता दिइएको, विद्युतीय परिवहन, न्यून कार्बन पूर्वाधार र पर्या–पर्यटनको प्रवर्द्धनमा विशेष जोड दिइएको जानकारी दिए ।

‘हामीले सन् २०३० सम्ममा संरक्षित क्षेत्र विस्तार गरी २३५ बाट ३०५ पुर्याउने र जैविक विविधताको जगेर्ना गर्ने लक्ष्य लिएका छौँ, विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रण गर्न र समुद्रको पर्यावरणीय सन्तुलन कायम राख्नमा हिमालयको महत्व बुझ्न म विश्वलाई आग्रह गर्दछु’, प्रधानमन्त्री ओलीले भने ।

नेपालले यो वर्षको अन्त्यसम्ममा परिष्कृत ‘एनडिसी’ प्रस्तुत गर्ने र सन् २०५० भित्र शून्यप्रायः कार्बन उत्सर्जनको परिदृश्यमा पुग्न महत्वाकाङ्क्षी दीर्घकालीन रणनीति तर्जुमा गर्ने जानकारी दिँदै उनले सन् २०२१ सम्ममा राष्ट्रिय अनुकूलन योजना एवं तदनुकूल जलवायु वित्त रणनीति र मार्गचित्र बनाइने बताए।

सन् २०३० सम्ममा ७५३ वटै स्थानीय तहमा जलवायु उत्थानशील अनुकूलन योजना लागू गरिने नेपालको योजना सुनाउँदै प्रधानमन्त्री ओलीले कोभिड–१९ ले कोप–२६ स्थगन गर्न बाध्य तुल्याए पनि स्वच्छ एवं हरित विश्व निर्माणसम्बन्धी अभियान स्थगन हुन नहुनेमा जोड दिए ।

पेरिस सम्झौता अनुमोदन भएको पाँचौँ वार्षिकोत्सवका अवसरमा भएको उक्त सम्मेलनलाई ७२ राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखसहित १११ जनाले सम्बोधन गरेको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस