काठमाडौँ । वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको प्रति कांग्रेस उपसभापति विमलेन्द्र निधिले आपत्ति जनाएका छन्।
बुधबार पुल उद्घाटन गर्न तनहुँको ब्यास नगरपालिका पुगेका पौडेललाई प्रशासनले बल प्रयोग गरेर नियन्त्रणमा लिएको छ। उक्त घटनाको निधिले विरोध जनाएका छन्।
सामाजीक संजाल ट्वीटरमार्फत ट्वीट गर्दै उनले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित दर्जनौ काँग्रेस नेताहरुलाई लछार पछार गरि गिरफ्तार गरेकोमा सरकारको घोर भर्त्सना समेत गरेका छन् ।
उनले ट्वीटमा लेखेका छन्:
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहित तनहुका दर्जनौ काँग्रेस नेताहरुलाई लछार पछार गरि गिरफ्तार गरेकोमा सरकारको घोर भर्त्सना गर्दछु। स्थानीय तहले निर्माण गरको र स्थानीय तहले नै निर्णय एवं आयोजना गरेको पुल उद्घाटनलाई रोक्नु र थुन्नु संघियता विरोधी र तानाशाही काम हो।
— Bimalendra Nidhi (@BimalendraNidhi) December 2, 2020