काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा आज १३ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको सख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज देशभरका २ हजार ७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख १६ हजार ५ सय ९४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
कोरोना संक्रमणबाट आज थप २१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १५२९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आजसम्म १७ लाख ४६ हजार ३ सय ३० जनाको पिसीआर परिक्षण भएको छ भने १६ हजार ६ सय ३३ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ६ सय १३ रहेको छ ।