२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि क्षेत्र सुधारका लागि जङ्गी नीति आवश्यक : मन्त्री भुसाल

अ+ अ-

रत्नननगर । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको सुधारका लागि जङ्गी नीति आवश्यक रहेको बताएका छन् ।

केन्द्रीय दुग्ध सहकारी सङ्घद्वारा आज चितवनको सौराहामा आयोजित ‘दुग्ध क्षेत्रका समस्या, चुनौती, समाधान र अवसर’ विषयक एकदिवसीय कार्यशालालाई सम्बोधन गर्दै उनले कृषि क्षेत्रको सुधारका लागि पाँचवटा नीतिगत आधार निर्माण भएको बताए ।

‘दूध बिक्री नहुने समस्याको समधानतर्फ सरकारले काम गरिरहेको छ’, उनले भने, ‘कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण दुग्ध क्षेत्रमा मात्र नभई सबै कृषि उपजको बिक्रीमा समस्या भएको छ । सरकारले उत्पादित वस्तुको बिक्रीको ग्यारेण्टी लिने गरी अगाडि बढेको छ ।’

मन्त्री भुसालले नेपालमा उत्पादन भएको दूध बढी लागतमा उत्पादन हुने भएकाले कृषक सधैँ मारमा परेको उल्लेख गर्दै यहाँ प्रयोग हुने कमजोर प्रविधिलाई सुधार गर्दै जानुपर्नेमा जोड दिए । कृषि क्षेत्रको दिगो विकासका लागि नयाँ तथ्याङ्क सङ्कलन गर्ने काम शुरु गरिएको जानकारी दिदैँ उनले नेपालमा अहिले पनि ३५ वर्ष पुरानो तथ्याङ्कको अधारमा योजना निर्माण गर्दा अहिलेको समस्याको प्रभावकारी समाधान हुन नसकेको बताए ।

नेपालमा उत्पादन हुने दूध ५० प्रतिशत घरबाट, ३० प्रतिशत निजी डेरी र २० प्रतिशत दुग्ध विकास संस्थानबाट बजारमा जाने गरेको तथ्याङ्क छ । नेपालमा प्रतिदिन सात लाख लिटर दूध उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस