काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बसेको केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले छु्ट्टै जवाफी प्रस्ताव पेस गरेका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले यसअघि कार्यकारी अधयक्ष प्रचण्डले ल्याएको प्रस्तावलाई जवाफ दिनेगरी छुट्टै प्रस्ताव ल्याएका हुन् । यसअघि कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गर्दै प्रतिवेदन ल्याएपछि ओलीले पनि प्रचण्डलाई जवाफ दिने गरी प्रतिवेदन ल्याएका हुन् ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले अब दुबै प्रतिवेदनमाथि छलफल हुने जानकारी दिएका छन् । दुबै प्रतिवेदन अध्ययन गरेर आगामी मंसिर १६ गते नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा अर्को बैठक बस्ने तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा सहभागी नेताहरुले पार्टी विभाजन तर्फ जान नहुनेमा जोड दिएका छन् ।