२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाटन दरबार क्षेत्रमा मानिसको चहलपहल बढ्यो

अ+ अ-

ललितपुर । पाटन दरबार परिसरमा मानिसको चहलपहल बढेको छ । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना महामारीका कारण गत वर्ष चैत महिनादेखि मुलुक बन्दाबन्दी भएसँगै पाटन दरबार प्राङ्गणमा मानिसको आवागमन शून्य नै भएको थियो ।

“कोभिड त्रासका कारण लामो समय घरभित्र बस्न बाध्य भइयो । भौतिक दूरी कायम गरेर यसो केहीबेर पाटन दरबार क्षेत्र डुल्न निस्किएका हौँ”, सरिता मैनाली र उनका साथीको भनाइ थियो । महामारीको समयमा दैनिक कार्यालय र घर गर्दा वाक्क भएर केही समय मन बहलाउन कृष्ण मन्दिरको काखमा आएको राकेश पुरीले बताए । मङ्सिर महिनाको चिसो बढेसँगै एकदेखि दुई घण्टा घाम ताप्न पाटन डबलीमा भित्रिएको पाटन सङ्ग्रहालय वरपर टोलमा बस्ने केही वृद्ध जमातको धारणा थियो ।

मुलुकमा कोरोना सङ्क्रमण फैलनुअघि पाटन दरबारचोकमा दैनिक थुप्रै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुन्थ्यो । मङ्सिर महिना लागेसँगै पाटनमा घाम ताप्ने, घुम्ने, तस्बिर खिच्ने, गफ गर्ने र चराचुरुङ्गीलाई अन्न दिने मानिसको आवागमनसमेत बढेको देखिन्छ ।

पाटन दरबार क्षेत्र मन्दिर तथा पुरातात्विक महत्वका सम्पदाले भरिएको एक महत्वपूर्ण स्थल हो । मङ्गलबजारमा रहेको पाटन दरबार सङ्ग्रहालय भने मुलुकमा कोरोना भित्रिएसँगै नौ महिनादेखि हालसम्म बन्द रहेको सङ्ग्रहालयका अधिकृत सुरेशमान लाखेले बताए । काठमाडौँ उपत्यकाका प्रसिद्ध तीन शहरमध्ये पाटन सबैभन्दा पुरानो शहर मानिन्छ । पाटनको महत्वपूर्ण अङ्ग भनेकै तलेजु भवानी मन्दिर, देगुतले मन्दिर, सुन्दरी, केशवनारायण र मूलचोक, तुसाहिटी धारा, कृष्ण र भीमसेन मन्दिर आदि रहेका छन् । विश्व कला परिषद्ले पाटन क्षेत्रलाई विश्वको ३५औँ कला नगरी शहर घोषणा गरिसकेको छ ।

पाटनका काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका विभिन्न सामग्री विश्वका मुलुकभर बिक्री वितरण हुने गर्छन् । काठमाडौँ उपत्यकाका अन्य शहरभन्दा पहिला पाटनमा बौद्धधर्मको शुरुआत भएको कुरा पाटनवासीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस