३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप’मा नेपालले सहभागिता जनाउने

अ+ अ-

कास्की । भारतको महाराष्ट्रमा आगामी डिसेम्बर ४ देखि ७ सम्म आयोजना हुने २५औँ ‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप-२०२०’ मा नेपालले सहभागिता जनाउने भएको छ ।

नेपाल पावर लिफ्टिङ एशोसिएसनले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी नेपालको तर्फबाट चार पुरुष र एक महिला गरी पाँच खेलाडीले सो प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिएको हो ।

प्रतियोगितामा नेपालका हसन गुरुङले ८० केजी , राजेश सुवालले ९० केजी,सुजन आलेले ७५ केजी, आशिष आलेले १०० केजी र श्रुती कार्कीले ५५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने एशोसिएसनका अध्यक्ष सुन्दर भुसालले बताए।

उनका अनुसार नेपाली खेलाडी तथा प्रशिक्षक, व्यवस्थापकसहित आठ सदस्यीय टोली डिसेम्बर ३ मा भारत प्रस्थान गर्नेछ । कोरोना कहरका कारण विगत लामो समयदेखि खेलकूद गतिविधि ठप्प भएको अवस्थामा नेपालले अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनु महत्वपूर्ण रहेको एशोसिएशनका अध्यक्ष भुसाल बताउछन् ।

उनले भने “हामीले संस्थागतरुपमा खेलाडीलाई प्रतियोगितामा सहभागी गराउँदैछौँ, हालको विषम अवस्थामा अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व हुनु नै ठूलो कुरा हो ।” एशोसिएसनले आगामी दिनमा सातै प्रदेशबाट खेलाडी छनोट गरी पावर लिफ्टिङको राष्ट्रिय प्रतियोगिता आयोजना गरिने जनाएको छ ।

यसअघि गत चैत १२ गतेदेखि सो प्रतियोगिता तय भएकामा कोरोना भाइरसका कारण पछि धकेलिएको बताइन्छ । प्रतियोगितामा नेपालसहित २५ राष्ट्रले सहभागिता जनाउने एशियन पावर लिफ्टिङ महासङ्घका उपाध्यक्ष जीवन गिरीले जानकारी दिए । पत्रकार सम्मेलनमा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले खेलकूदका माध्यमबाट राष्ट्रलाई चिनाउनका लागि खेलाडी उत्पादन गर्न तीनै तहका सरकारले लगानी गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस