काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १९४५ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ।
पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट देशभर थप २२ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १२९८ पुगेको छ।