झापा । कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण झापाको शिवसताक्षी नगरपालिकामा थप एक जना पुरुषको मृत्यु भएको छ।
स्थानीय स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार शिवसताक्षी नगरपालिका-६ का ६२ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो ।
उनको कार्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएपछि उनको झापाको बि एण्ड सी अस्पतालमा उपचार भइरहेको थियो।
नगर स्वास्थ्य शाखाका सन्जय ठकुरीका अनुसार मृतकको कार्तिक २४ मा कोरोनाको थप परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो।
बि एण्ड सी अस्पतालका सूचना अधिकारी प्रमिस गिरीका अनुसार मृतकमा मृगौला रोग को पनि समस्या थियो। तर, परिवार स्रोतका अनुसार मृतकको कोरोना संक्रमण बाहेक अन्य कुनै रोग थिएन।
मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोली सँग समन्वय भइरहेको क्वारेन्टाइन व्यवस्थापन समितिका अध्यक्ष भैरव कुमार श्रेष्ठले जानकारी दिएका छन्।