काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३११ जनामा गरिएको पीसीआर परीक्षणमा २८१७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २८१२ जना रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ रहेको छ ।