काठमाडौँ । वरिष्ठ संगीतकार उदयशमशेर राणाको निधन भएको छ ।
करीब एक दशकदेखि अमेरिका बस्दै आएका उनको सोमबार ७४ वर्षको उमेरमा निधन भएको हो ।
नारायणगोपाल र गोपाल योञ्जनका समकालीन संगीतकार राणा पत्नी विजयासँगै अमेरिकाको सियाटल बस्दै आएका थिए।
उनका उनका दुई छोरा र एक छोरी छन्।