काठमाडौँ । पर्साका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्यामा संलग्न थप एक जना पक्राउ परेका छन् ।
प्रहरीले पर्सा विन्दवासिनी गाउँपालिका-४ मधवलका ३२ वर्षीय निरन्जन तिवारीलाई पक्राउ गरेको हो ।
पीडित परिवारले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तिवारीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर अनुसन्धान भइरहेको छ ।
यस अघि पनि प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । गत कात्तिक ६ गते पर्साको विन्दवासिनी-५ प्रसौनीमा पार्टी प्रवेश गरेका कार्यकर्तालाई शपथ खुवाउने कार्यक्रममा नेकपाका दुई पक्षबीच झडप हुँदा ३४ वर्षीय मुकश चौरसिया गम्भीर घाइते भएका थिए ।
चौरसियाको उपचारको क्रममा कात्तिक ७ गते निधन भएको थियो । प्रहरीले पीडितको जाहेरी दर्ता गरेपछि ८ दिनपछि शव बुझेर उनको अन्त्येष्टि गरिएको थियो ।