२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीद्वारा गोदावरीमा निर्माणाधीन सम्मेलन केन्द्रको निरीक्षण

अ+ अ-

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितपुरको गोदावरीस्थित निर्माणाधीन गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निरीक्षण गरेका छन् ।

प्रधानमन्त्री ओली गोदावारी नगरपालिका–३ स्थित सम्मेलन केन्द्रको निर्माणबारे प्रगति बुझ्न शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठसहित आकस्मिकरुपमा गोदावरी पुगेका थिए ।

अवलोकनपछि प्रधानमन्त्री ओलीले अबको तीन महिनाभित्र काम सम्पन्न गर्न तथा महत्वपूर्ण कार्यक्रम यही केन्द्रमा गर्न सक्ने गरी तयारी गर्न निर्देशन दिए ।

सो अवसरमा मन्त्री श्रेष्ठले पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वर्तमान सरकार बनेको तीन वर्ष पुगेका दिन अर्थात आगामी फागुन ३ गते उद्घाटन गर्ने गरी तयार गर्न निर्देशन दिएका थिए ।
आगामी माघमा सम्पन्न गरी फागुन ३ मा उद्घाटन गर्ने व्यवस्था मिलाउन उनले शहरी विकास तथा भवन निर्माण विभागका अधिकारीलाई निर्देशन दिए ।

विसं २०७६ असोज २० गतेदेखि निर्माण शुरु भएको सो केन्द्र यही कात्तिक २७ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि कोरोना जोखिमका कारण ढिलाइ भएको छ । करीब ४३ रोपनी क्षेत्रफलमा निर्माणाधीन सो केन्द्र केसी–समानान्तर जेभीले रु ५८ करोड २४ लाखमा ठेक्का पाएको हो ।

विभागका महानिर्देशक मणिराम गेलालले हालसम्म ६५ प्रतिशत प्रगति भइसकेको जानकारी गराएका थिए । निर्माण कम्पनीका तर्फबाट साइट इञ्जिनीयर पवन मैनालीका अनुसार हाल धमाधम वाल पुटिङ र वरिपरी पर्खाल लगाउने काम भइरहेको छ, अब भवनमा छानो हाल्न र भित्र आवश्यक सामग्री जडान गर्न मात्र बाँकी छ ।

अवलोकनमा प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, संघीय सांसद नवराज सिलवाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, शहरी विकास मन्त्रालयका सचिव डा. रमेशकुमार सिंह, नेकपा ललितपुरका अध्यक्ष हरिकृष्ण ब्यञ्जनकारलगायतको टोली पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस