१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुकेश चौरसिया हत्या प्रकरण : पूर्वसभासद गुप्तासहित १२ जनाविरूद्ध किटानी जाहेरी दर्ता

अ+ अ-

जनकपुरधाम । पर्साको विन्दवासनी गाउँपालिकामा नेकपाको सपथग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा घाइते मुकेश चौरसियाको मृत्यु भएको घटनामा प्रहरीले पूर्वसांसद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता गरेको छ।

मृतकका परिवारले दिएको किटानी जाहेरी प्रहरीले सात दिनपछि आज दर्ता गरेको हो।

जिल्ला सरकारी वकिल कार्यालय पर्सामार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा नेकपाका पूर्व सभासद राजकुमार गुप्तासहित १२ जनालाई कारबाहीको माग राख्दै जाहेरीसहितको निवेदन दर्ताको भएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयमार्फत् जाहेरी दर्ता भएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

यसअघि प्रहरीले जाहेरी लिन अस्वीकार गरेपछि गत सातादेखि पूर्वमन्त्री मातृका यादवको नेतृत्वमा विरोध र धर्ना कार्यक्रम हुँदै आएको थियो।

प्रहरीले आज जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् जाहेरी लिएको नेकपा वीरगञ्ज महानगरका अध्यक्ष रहवर अन्सारीले जानकारी दिए।

चौरसियाको मृत्यु भएको एक साता भइसकेपनि प्रहरीले जाहेरी नलिएको भन्दै मृतकका परिवारले उनको शव बुझेका थिएनन्।

जाहेरी दर्ता भएपछि चौरसियाको शव बुझ्ने तयारी भएको र भोलि बिहान पोष्टमार्टम गर्ने तयारी भएको अध्यक्ष अन्सारीले जानकारी दिए।

पार्टीको गाउँपालिका कमिटी सचिवसमेत रहेका चौरसियाको शव अहिले वीरगंजकै नारायणी अस्पतालमा राखिएको छ।

झडप भएकै दिन प्रहरीले नेकपा पर्साका नेता राजकुमार गुप्तासहित ४ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिए पनि केही घण्टामै उनलाई हिरासतमुक्त गरिएको थियो।

सांसद गुप्तालाई छोडेको भन्दै नेकपाका नेता तथा कार्यकर्ता ७ दिनदेखि धर्ना तथा आन्दोलनका कार्यक्रम गर्दै आएका थिए।

चौरसियाको मृत्युपछि उनको परिवारले १२ जनाविरुद्ध किटानी जाहेरी दर्ता गराउन जिल्ला प्रहरी कार्यालय पुगे पनि प्रहरीले गुप्ता घटनामा संलग्न नदेखिएको भनी जाहेरी लिन नमानेपछि धर्ना र आन्दोलन जारी थियो।

प्रतिक्रिया दिनुहोस