देहरादुनमा कुटिएकामध्ये पाँच विद्यार्थी आइपुगे महेन्द्रनगर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

देहरादुनमा कुटिएकामध्ये पाँच विद्यार्थी आइपुगे महेन्द्रनगर


१३ कार्तिक २०७७, बिहिबार


काठमाडौँ। देहरादुनमा निर्घात कुटिएकामध्ये पाँच विद्यार्थी महेन्द्रनगर आइपुगेको जानकारी प्राप्त भएको छ । ती पाँचै जना विद्यार्थी रोल्पाका भएको बताइएको छ ।

कञ्चनपुर प्रहरीका अनुसार ती विद्यार्थीहरूको विषयमा छानविन भइरहेको छ । महेन्द्रनगर आइपुगेका पाँचसहित ५१ विद्यार्थीलाई देहरादुनस्थित शाक्य एकेडेमीका अध्यक्ष तथा प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले दशैँको टिकाको दिन निर्घात कुटपिट गरेको बताइएको छ ।

ती विद्यार्थी सिन्धुपाल्चोक, बाग्लुङ, रुकुम, जुम्ला, हुम्ला, नुवाकोट, रामेछापलगायत १९ जिल्लाका छन् । शाक्य एकेडेमीमा करिब दुई सय नेपाली विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।

कुटिएका विद्यार्थीहरूलाई उद्धार गर्न माग गर्दै रामेछाप, सिन्धुपाल्चोक र नुवाकोटका अभिभावक काठमाडौँ आइपुगेको बताइएको छ ।

देहरादुनमा कुटिएका नेपाली विद्यार्थीको उद्धार गर्न माग 

प्रतिक्रिया दिनुहोस