२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटकीय गन्तव्य बन्दै मानहुँकोट

अ+ अ-

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे । सामाजिक सञ्जालमा मानहुँकोटको बारेमा सुनेका पौडेल साथीहरुसँग मिलेर घुम्नका लागि मानहुँकोट आइपुगेका थिए ।

मानहुँकोट पुगेपछि सामाजिक सञ्जालमा पढेको भन्दा पनि बढी आनन्द महसुस गरेको पौडेलले बताए । ‘सामाजिक सञ्जाल फेसबुक, युट्यूब लगायतमा मानहुँकोटको तस्वीर, भिडियो हेर्थे, घुम्नैपर्ने ठाउँ जस्तो लागेको थियो,’ उनले भने, ‘यहाँ आएपछि यहाँको दृश्यले मनै लोभ्यायो ।’

पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यको रुपमा उदाउँदै गरेको मानहुँकोट दशैं बिदामा घुम्ने उपयुक्त गन्तव्य समेत बन्न पुगेको छ । दशैं बिदाको क्रममा मानहुँकोटमा अत्याधिक आन्तरिक पर्यटक पुगेका छन् । दशैं बिदाको मानहुँकोटमा दैनिक पाँच सय भन्दा बढी पर्यटक आएको स्थानीयवासी रेवती आलेले जानकारी दिए ।

बुधबार मात्रै करिब एक हजार आन्तरिक पर्यटक मानहुँकोट पुगेका छन् । व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले दशैं बिदा पारेर मानहुँ कोटमा घुम्न आउने आन्तरिक पर्यटकको भीड लागेको जानकारी दिए । ‘बिदामा घुम्ने उपयुक्त गन्तव्यको रुपमा मानहुँकोट विकास भइरहेको छ,’ उनले भने, ‘दिउँसो मात्रै नभई रातको समयमा पनि मानहुँकोटमा रात बिताउने पर्यटक अत्याधिक रहे ।’ उनका अनुसार रातिको समयमा टेण्ट टाँगेर सुत्ने र बिहान सबेरै सूर्योदयको दृश्यावलोकनका लागि पनि आन्तरिक पर्यटक मानहुँकोट आउने गरेका छन् ।

तनहुँ जिल्लाभित्रकै विभिन्न ठाउँ र छिमेकी जिल्लाहरुबाट पनि मानहुँकोटमा पर्यटक आउन थालेका छन् । जाडो मौसम शुरु हुन लागेसँगै मानहुँकोटमा थप पर्यटक आगमन बढ्ने अनुमान छ । जाडो मौसममा मानहुँकोटमा बिहानै घाम लाग्ने भएकाले पर्यटक आकर्षित हुने गरेका छन् ।

मानहुँकोटबाट पाँच वटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । साथै दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माण स्थल एवं मनोरम दृश्यहरु यहाँबाट देखिन्छ ।

मानहुँकोटमा पर्यटकको चहलपहल बढ्न थालेसँगै पर्यटकीय पूर्वाधार निर्माण पनि शुरु भएको छ । व्यास नगरपालिकाले रु ३६ लाख ५० हजारको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिसकेको छ । थप पूर्वाधार निर्माण गर्ने नगरपालिकाको योजना छ । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै डाँडाको छेउमा रेलिङ निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस