२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नक्साबारे अफवाह फैलाउन खोजियो’ -प्रधानमन्त्री सचिवालय

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बडा दशैंका अवसरमा ट्वीटरबाट दिएको शुभकामना सन्देशमा राखिएको नेपालको निशान छाप र त्यसमा प्रयोग भएको देशको नक्साबारे सामाजिक सञ्जालमा उठेको प्रश्नलाई प्रधानमन्त्रीको सचिवालयले ‘अफवाह फैलाउने प्रयास’ भनेको छ।

सो निशानछापमा प्रयोग भएको नक्सा लिम्पियाधुरासहितको भू-भाग समेटिएको नक्सा नभएको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्रीको आलोचना भएको थियो। कतिपय सञ्चारमाध्यमले समेत यसबारे समाचार बनाएका थिए भने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमै यसबारे प्रधानमन्त्रीसँग जवाफ मागेका थिए।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले शुक्रबार साँझ प्रेस नोट जारी गर्दै शुभकामना सन्देशमा राखिएको निशान छापमा समेटिएको नक्सालाई विवादमा तान्न खोजिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

‘नक्साको सानो आकार प्रयोग गर्दा त्यस्तो लाग्नु स्वाभाविक भए पनि त्यसलाई ठूलो आकारको नक्सामा प्रष्ट देख्न सकिन्छ’, थापाले उल्लेख गरेका छन्, ‘डिजाइनको यति सामान्य वास्तविकतालाई बुझ्न नखोजेर नक्साको राजनीति र अफवाह फैलाउन उद्यत सबैलाई तथ्यको आधारमा सत्यनजिक पुग्न आग्रह गर्दछु।’

प्रतिक्रिया दिनुहोस