३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दशैँमा शिक्षक-विद्यार्थीलाई ‘कोरोना-चेतना’को जिम्मेवारी

अ+ अ-

काभ्रेपलाञ्चोक । घर-समुदायमा कोरोना भाइरस र स्वास्थ्य-सुरक्षाबारे जनचेतना फैलाउनुपर्ने सर्तसहित काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले शिक्षक-विद्यार्थीलाई दशैँ बिदा दिएको छ ।

नगरले गत बिहीबार उक्त सर्तसहित कात्तिक २ देखि १५ गतेसम्म विद्यालयमा बिदा दिने निर्णय गरेको थियो ।

दशैँमा समुदायमा धेरै व्यक्तिको आउजाउ हुने भएकाले स्वास्थ्य सुरक्षाबारे जनचेतना फैलाउन सहज हुने ठानेर विद्यार्थी-शिक्षकलाई निर्देशन दिइएको नगरप्रमुख महेश खरेलले बताए । ‘दशैँका अवसरमा १५ दिनको बिदामा शिक्षक-विद्यार्थीले आफ्नो घर तथा व्यक्तिगत सरसफाइ, समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम र समूहमा भेटघाट नगर्ने वातावरण बनाउन सहजीकरण गर्ने अपेक्षा गरेका छौँ’, उनले भने ।

उक्त अवधिमा विद्यार्थीले कोरोनाबाट बच्नका लागि खोल्नुपर्ने भूमिकाबारे सचेत गराउनेछन् भने शिक्षकले विद्यार्थीको निगरानी गर्ने नगर शिक्षा शाखाले जनाएको छ । शाखाप्रमुख दीनानाथ पन्थीले दिन प्रतिदिन कोरोना भाइरस सङ्क्रमण बढ्दै गएकाले दशैँको बिदा अवधिमा नगरका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी-शिक्षकले आफ्नो घर र समुदायमा जनचेतना फैलाउन निर्देशन दिइएको बताए ।

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि गत वैशाखदेखि बन्द विद्यालयमा नगरले नै शिक्षक-विद्यार्थीलाई स्वास्थ्य सामग्री उपलब्ध गराई असोज ४ गतेदेखि स्वास्थ्य-सुरक्षा अपनाई प्रत्यक्ष विधिबाट विद्यालय सञ्चालनमा ल्याइएको थियो । नगरमा ५० सामुदायिक र निजी विद्यालय छन् ।

प्रतिक्रिया दिनुहोस