३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकै दिन ११ भवन उद्घाटन, स्थानीयमा खुसी

अ+ अ-

टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले एकै दिन ११ नयाँ भवन उद्घाटन गरेको छ । पछिल्ला दुई वर्षयता भौतिक संरचना निर्माणलाई प्राथमिकता दिएको नगरपालिकाले शनिबार दुई वडा कार्यलय भवन, एउटा शहरी स्वास्थ्य केन्द्र र कुन्ती टोलको दलित बस्तीका आठवटा घर उद्घाटनसहित हस्तान्तरण गरेको हो । नगरपालिकाले आफ्नै कार्यालय नभएका वडा, शहरी स्वास्थ्य केन्द्रका भवन निर्माणलाई प्राथमिकता दिएर निर्माण गरेको हो ।

वडा कार्यालय भवन ४० प्रतिशत नगरपालिका र ६० प्रतिशत जिल्ला समन्वय समिति कैलालीको साझेदारीमा निर्माण गरिएका हुन् भने शहरी स्वास्थ्य केन्द्र सङ्घीय सरकारको सशर्त अनुदानबाट निर्माण गरिएको नगर प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिए । यस्तै कुन्ती टोलको दलित बस्तीमा निर्माण गरिएका आठ घर तराई–मधेस समृद्धि कार्यक्रम र टीकापुर नगरपालिकाको साझेदारीमा निर्माण सम्पन्न भएका हुन् ।

यी सबै संरचना रु दुई करोडको लागतमा निर्माण सम्पन्न भएका इञ्जीनियर नवराज जोशीले जानकारी दिए । ‘यी सबै संचरनाको रकम जोड्दा रु दुई करोड खर्च भएको छ’, जोशीले भने, ‘भवन निर्माणकार्य समयमै सम्पन्न भएका छन् ।’

नवनिर्मित संरचनाको उद्घाटन गर्दै टीकापुर नगरपालिकाका प्रमुख रावलले अब टीकापुर नगरपालिकामा १ नं बाहेकका सबै वडा आफ्नै भवनबाट सञ्चालन भएको बताए । ‘हामी जनप्रतिनिधि भएर नगरपालिकाका प्रवेश गर्दा भौतिक संरचना सम्पन्न गराउने भनेका थियौँ’, तीन वर्षमा सबै कार्यालय आफ्नै भवनबाट सञ्चालन भएका छन् । आठ वडामा रहेका स्वास्थ्य संस्था, वडा कार्यालयलगायत कार्यालयका आफ्नै भवन बनेका छन् ।’

नगरप्रमुख रावलले आफ्नै भवन भएर पनि साँघुरो भएर गुजारा गरिरहेका केही स्वास्थ्य संस्थाका भवन निर्माणाधीन अवस्थामा रहेको समेत बताए । ‘नगरपालिकाले भवन निर्माणपछि आवश्यक सामग्री, घेरा पर्खालजस्ता संरचनासमेत बनाउनेछ’, रावलले भने, ‘यी सबै संरचना बनाउनुको एउटै उद्देश्य नागरिकलाई सेवा प्रवाहमा सहजता होस् भन्ने हो । कार्यालय भवन सार्ने झण्झट पनि अन्त्य हुने भएको छ ।’

नगरपालिकाले भवन हस्तान्तरण गरेपछि टीकापुर–७ कुन्तीटोलका दलित बस्तीमा खुशीयाली छाएको छ । घर पाएपछि उनीहरु मख्ख भएका छन् । ‘वर्षौँदेखि खरले छाएको चुहिने छानामा जीवन बिताएँ’, नयाँ भवन पाएकी आइती सुनारले भनिन्, ‘अब त पक्की घरमा बस्न पाइने भयो । दुई कोठाको जस्ताले छाएको घर, बरण्डा पनि बनाइदिएको छ । म त निकै खुशी छु । बल्ल सरकार गाउँमा आएछ ।’ आइतीजस्तै कुन्तीटोलका नयाँ घर पाएका अन्य परिवार पनि खुशी छन् । उनीहरु अब वर्षेनी नदी कटान र बाढीको डुबानबाट बच्न सकिने बताउन थालेका छन् । ‘सरकारले घर बनाइदियो, अब ढुक्कले घरमा सुत्न पाइने भयो’, सुनार भन्छिन्, ‘यहाँ बाटोघाटो पनि विकास गरिदिनुपर्छ । मोहना नदीमा निर्माणाधीन तटबन्ध धमाधम निर्माण गरिए हामी नदी कटानको जोखिमबाट समेत बच्नेछौँ ।’

प्रतिक्रिया दिनुहोस