३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संक्रमित अत्याधिक भएपछि रुसको राजधानीमा अझ कडाई

अ+ अ-

मस्को । रुसको राजधानी मस्कोमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या बढ्दै गएपछि केही कडा प्रवन्धहरु लागू गरिएको छ ।

विषेश गरेर सवै बारहरु, क्लवहरु र नृत्य गृहहरु भित्र अपनाइनेगरी कडा प्रवन्धहरु लागु गरिएको मस्कोका मेयर सेर्गेइ सोब्यानीनले बिहीबार जानकारी दिए ।

त्यहाँका हरेक कर्मचारी तथा आगन्तुकहरुको सम्पर्क नम्बर लेख्नु पर्नेलगायतका व्यवस्थाहरु गरिएको उनले बताए । आवतजावत गरेका व्यक्तिहरुले आफ्नो आवतजावत सम्वन्धी विवरण र विषेश सम्पर्क नं. ७३७७ मा पठाउन निर्देशन पनि दिइएको छ ।

कुनै व्यक्तिलाई कोरोनाभाइरसको नयाँ सङ्क्रमण देखिएमा उसको सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गर्न र उनीहरुलाई परीक्षणको दायरामा ल्याउन सजिलो हुने अपेक्षाका साथ यस्तो व्यवस्था गरिएको उनको भनाई छ ।

रुसमा पछिल्लो २४ घण्टामा मात्रै थप १३ हजार ७५४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा यो संख्या भने कम हो । अघिल्लो दिन बुधबार २४ घण्टामा १४ हजार २३१ जना सङ्क्रमित भएका थिए ।

अधिकारीहरुका अनुसार रुसमा अहिलेसम्म १३ लाख ५४ हजार १६३ जना सङ्क्रमित भएका छन् । यो विवरण देशको ८५ क्षेत्रकै हो । कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या भने अघिल्लो दिनको तुलनामा बृद्धि भएको छ । अघिल्लो दिन बुधबार २३९ जनाको मत्यु भएकोमा बिहीबार २८६ जनाको मृत्यु भएको छ ।

रुसमा कोरोनाका कारण अहिलेसम्म कुल २३ हजार ४९१ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो एक दिनमा मात्रै रुसमा आठ हजार ३९२ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भइसकेका छन् । रुसमा अहिलेसम्म दश लाख ४८ हजार ९७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस