२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा झिनो सुधार

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.२९ बिन्दुले बढेर एक हजार ५६२.४६ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.३३ ले उकालो लागेर ३१०.०८ मा पुगेको छ । कूल १९६ कम्पनीको ४९ लाख ९४ हजार ३६७ कित्ता शेयर रु एक अर्ब ४२ करोड ५८ लाख ९० हजार ७३८ मूल्यमा खरिद बिक्री भए । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ १.९, व्यापार ३.१९, जलविद्युत् ७.१, अन्य ६.५५ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले उकालो लागेको छ । यस्तै होटल १५.८५, विकास बैंक ११.१, वित्त ०.३२, निर्जीबन बीमा २४.४२, उत्पादन २९.५५, लघुवित्त १.६, जीवन बीमा १६.८ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु सात करोड ४० लाख ८४ हजार २२३ बराबरको कारोबार भयो । यस्तै शिवम् सिमेन्ट रु छ करोड ८४ लाख ९१ हजार ५९७, अरुण भ्याली हाइड्रोपावर रु पाँच करोड ५५ लाख ४० हजार १९८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु पाँच करोड ४८ लाख ५७ हजार ३१२, मन्जुश्री फाइनान्स रु तीन करोड ७७ लाख ४३ हजार ७३९ र अरुण बोली पावर रु तीन करोड ५१ लाख ९९ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आज नेपाल फाइनान्स ९.८७, जनरल इन्स्योरेन्स ९.८५, माउण्टेन हाइड्रो ७.३३, रैराङ हाइड्रोपावर ४.७४, खानीखोला हाइड्रोपावर ३.६० र सानिमा माई हाइड्रेपावरका लगानीकर्ताले ३.१३ प्रतिशतले कमाए । त्यस्तै, गुरास लघुवित्त वित्तीय संस्था ५.२१, खाँखु खोला जलविद्युत् कम्पनी ५.०८, नेपाल हाइड्रो ४.५५ र यूनिलिभर नेपालका लगानीकर्ताले ३.४६ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस