काठमाडौँ। नवनियुक्त मन्त्रीहरूको शपथ आज साढे ११ बजे हुने भएको छ ।
बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्री नियुक्त भएका तीन मन्त्रीको पद तथा गोपनीयताको शपथ आज साढे ११ बजेका लागि तय गरिएको हो ।
शपथ समारोह राष्ट्रपति कार्यालयमा हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
बुधवारको मन्त्रिपरिषद् बैठकले विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सिफारिस गरेका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बिहीबार नै उनीहरूलाई मन्त्री नियुक्त गरेकी हुन्