२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कात्तिक ७ देखि अनिवार्य क्लिन फिड लागु नगरे विदेशी च्यानल बन्द गरिने

अ+ अ-

काठमाडौँ । कात्तिक ७ देखि अनिवार्य क्लिन फिड (विज्ञापनरहित) लागु नगरे विदेशी च्यानल बन्द गरिने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्दै विज्ञापन (नियमन गर्ने) ऐनको व्यवस्थाअनुसार कात्तिक ७ गतेभित्र विज्ञापनरहित प्रसारण गर्नुपर्ने जनाएको छ ।

विज्ञापन (नियमन गर्ने)ऐन, २०७६ को दफा ६ ९१० अनुसार नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने र ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउनलिङ्‍क गरी प्रसारण गर्ने सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको मितिले १ वर्षभित्र अर्थात २०७७ कात्तिक ७ गतेभित्र विज्ञापनरहित प्रसारण गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिवलाई सम्बोधन गरी विभिन्‍न माध्यमबाट इन्डियन ब्रोडकास्टिङ फोरम, डिस्कभरी नेटवर्कस्, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघलगायत संघ–संस्थाबाट विज्ञापनरहित प्रसारणको म्याद थप गर्न माग गरिएको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्‍तिमा भनिएको छ,‘२०७७ कात्तिक ७ गतेभित्र विज्ञापनरहित(क्लिन फिड) प्रसारण गर्नुपर्ने व्यवस्था भएकाले ऐनको मर्म र भावनाअनुरुप तोकिएको मितिदेखि विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्न/गराउन सम्बन्धित सबै संघ/संस्थाहरुलाई अनुरोध गरिएको छ । २०७७ कात्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण नभए प्रचलित कानुनबमोजिम हुने व्यवहोरासमेत जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस