२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी प्रदेश लोक सेवाले पनि खोल्यो विज्ञापन

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशअन्तर्गतको प्रदेश लोक सेवा आयोगले विभिन्न सेवाका कर्मचारी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । बुधबार एक सूचना प्रकाशन गर्दै स्वास्थ्य सेवाका आठौँ र सातौँ तथा इन्जिनियरिङ सेवाको सातौँ तहको लागि विज्ञापन आह्वान गरेको हो ।

प्रदेश सरकार मन्त्रिपरिषदको भदौ १८ गते बसेको बैठकको निर्णय अनुसार माग भएबमोजिम उक्त विज्ञापन खुलाएको प्रदेश लोक सेवा आयोग लुम्बिनीले जानकारी दिएको छ ।

स्वास्थ्य सेवा अन्तर्गतको आठौँ तहको मेडिकल अधिकृतका लागि खुला तर्फ २७, महिलाका लागि, ७, आदिबासी जनजाति ६, मधेसी ५ दलित २ अपाङ्ग १, पिछडिएको क्षेत्रका लागि १ जना गरी २९ जनको विज्ञापन गरिएको छ ।

यस्तै स्वास्थ्य सेवाकै सातौँ तहको नर्सिङ अधिकृतका लागि ७ जनाको विज्ञापन गरिएको छ जसमा खुलातर्फ ४ जना र महिला, आदिबासी जनजाति र मधेसीका लािग १/१ जनाको माग गरिएको छ । फिजियोथेरापिष्टको लागि २ जना खुला र १ महिला गरी ३ जनाको माग भएको छ भने मेडिकल ल्याव टेक्नो लोजिस्टका लागि खुलातर्फ ३ जना महिला र आदिबासी जनजाति तर्फ १/१ जनाको माग गरिएको छ ।

यसैगरी इन्जिनियरिङ सेवा समूह तर्फ सातौँ तहका लागि सिभिल हाइवे तर्फ खुलामा ३ जना, महिला आदिबासी जनजाती र मधसीका लागि १/१ जनको विज्ञापन गरिएको छ । त्यस्तै, सिभिल जनरलमा खुला २ र महिला र आदिबासी जनजातिका लागि १/१ जनाको माग गरिएको छ ।

यस्तै सिभिल इरिगेसनमा खुलामा ३, अन्यमा १/१ जना गरी ६ जना, हाइड्रोपावरका खुला १ र महिला १ गरी लागि २ जना तथा सिभिल स्यानिटरीका लागि खुलातर्फ १ जनाको माग गरिएको छ

आयोगले आर्किटेक्टको लागि खुलामा ५ जनको लागि र अन्यमा १/१ गरी ९ जनाको लागि विज्ञापन माग भएको छ । भने जनरल मेकानिकलको लागि खुला २ र महिला र आदिबासीका लागि १/१ जना गरी ४ जनको माग गरेको छ ।

दरखास्त दिने अन्तिम मिति कात्तिक २५ गतेसम्मको लागि तोकिएको छ । परीक्षाकेन्द्र लुम्बिनी प्रदेश मुकाम बुटबल हुने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस