विराटनगर । विराटनगरस्थित कोशी अस्पताल (कोभिड १९) उपचार केन्द्रमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मोरङको बुढीगंगा गाँउपालिका-५ का ७१ वर्षीय बृद्धको मंगलबार बिहान २ बजेर १५ मिनेटमा उपचारका क्रममा मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या भएपछि आइतबार कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको ति बृद्धको असोज २४ गते पिसिआर रिपोर्ट पोजिटिभ आएको अस्पतालका संयोजक वरिष्ठ फिजिसियन डा. दिपक सिग्देलले जानकारी दिए ।
डा. सिग्देलका अनुसार दमको बिरामी बृद्धलाई यसअघि बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार हुँदै आएको थियो। स्वास्थ्य अवस्था नाजुक भएपछी थप उपचारको लागि आइतबार कोभिड अस्पताल ल्याइएको थियो ।
उनको विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएक हो । शवको व्यवस्थापन नियमानुसार हुने तयारी भइरहेको डा. सिग्देलले बताए ।