६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. भट्टराईलाई बूढीगण्डकी आयोजनाबारे बोलेको कुराको प्रमाण पेश गर्न चुनौती

अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसले बूढीगण्डकी जलविद्युत् परियोजना कमिशनका कारण अलपत्र पारेको र त्यसमा काँग्रेस सभापतिसमेतको संलग्नता रहेकोे भन्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिएको अभिव्यक्तिको प्रमाण पेश गर्न माग गरेको छ ।

डा. भट्टराईले बूढीगण्डकीसम्बन्धी तथ्यमा गहिरो अध्ययन र सार्थक पहल गर्नुभन्दा सस्तो टिप्पणी गरेको जनाउँदै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रमाण सार्वजनिक गर्न चुनौती दिएका छन् ।

‘राजनीतिको प्रतिष्ठा न त भ्रष्टाचारको ढाकछोपले बढ्छ न त कपोलकल्पित, झुट र अर्थहीन आरोपले, हामी नम्र भाषामा अपिल गर्दछौँ तथ्यको जगमा सत्यको खोजी नगरी केवल आवेगको भरमा टिप्पणी गरेर क्षणिक लाभ हुनसक्ला तर त्यसले न सम्बन्धित व्यक्तिको ओज अभिवृद्धि हुन्छ न राजनीतिको गरिमा बढ्छ । यति हेक्का डा. भट्टराईले राख्नुभएकै छ भन्ने अपेक्षा लिएका छौँ’ प्रवक्ता शर्माद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

विसं २०७५ असोज २१ मा सम्पन्न काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले स्वदेशी पूँजीमै निर्माण गर्न सक्ने गरी अध्ययन समितिले दिएको विगतको प्रतिवेदनका आधारमा नै उक्त परियोजना अघि बढाइनुपर्छ भन्ने काँग्रेसको माग रहेको प्रवक्ता शर्माले जानकारी गराएका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला बूढीगण्डकी जलविद्युत् परियोजना सरकार आफैँले निर्माण गर्ने सङ्कल्पका साथ राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा विशेष समिति गठन गरेको र त्यसले स्वदेशी लगानीबाटै निर्माण गरेर स्वदेशी पूँजीको एकीकृत उपयोग गर्ने क्षमता र अवसरको विकास गर्ने नमूना बन्ने निष्कर्ष प्रस्तुत गरेको थियो ।

देउवा नेतृत्वको सरकारले गराएको सो अध्ययन र निष्कर्षभन्दा वर्तमान सरकार बाहिर गएको आरोप पार्टीले लगाएको छ । साथै डिजेल र पेट्रोल खरीदमा उपभोक्ताबाट प्रतिलिटर रु पाँचका दरले बूढीगण्डकीका लागि उठाइँदै आएको अर्बौको रकमको स्थिति, स्थानीयवासीलाई मुआब्जा वितरण रआयोजनाको भविष्यबारे पार्टीले सरकारसँग प्रश्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस