२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाजुराका बाढीपहिरो पीडितलाई राष्ट्रसेवक कर्मचारीहरूले गरे आर्थिक सहयोग

अ+ अ-

मार्तडी । बाजुरा जिल्लामा लगातारको अविरल वर्षासँगै आएको बाढी र पहिरोबाट प्रभावित र ज्यान गुमाएका आफन्तलाई शनिबार राहत वितरण गरिएको छ ।

नेपाल निजामती कर्मचारीको छाता सङ्गठन आधिकारिक ट्रेड युनियन र नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय समिति र जिल्ला कार्यसमितिको संयुक्त आयोजनामा राहत वितरण गरिएको निजामती कर्मचारी सङ्गठन बाजुराका अध्यक्ष मीनप्रसाद जैशीले बताए ।

उनले बाढीपहिरोबाट ज्यान गुमाएका आफन्त र सोबाट प्रभावित भएका परिवारलाई राहतस्वरुप नगद सहयोग गरिएको बताए ।

बाढीपहिरोबाट ज्यान गुमाएका पाँच जना आफन्तलाई आधिकारिक ट्रेड युनियनबाट रु सात हजारका दरले ३५ हजार, नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय समितिबाट रु एक हजार ५०० र जिल्ला कार्यसमितिबाट रु दुई हजार ५०० गरी रु ५५ हजार नगद सहयोग गरिएको आधिकारिक ट्रेड युनियनका जिल्ला सचिव दिलीप शाहीले जानकारी दिए ।

उनले दिएको जानकारीअनुसार अविरल वर्षासँगै आएको बाढीपहिरोबाट सबैभन्दा बढी प्रभावित भएका आधिकारिक टे«ड युनियनबाट रु चार हजारका दरले ६४ हजार, नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय समितिबाट दुई हजारका दरले ३२ हजार गरी ९६ हजार सहयोग गरिएको बताए ।

राहत पाउनेमा बाढीपहिरोमा परी ज्यान गुमाएका बूढीगङ्गा नगरपालिकाका दुई, बडिमालिका नगरपालिकाका एक, बूढीनन्दा नगरपालिकाका एक र गौमुल गाउँपालिका एक जनाका आफन्तलाई प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेमार्फत नगद राहत हस्तान्तरण गरेको ट्रेड युनियनका जिल्ला अध्यक्ष धनबहादुर थापाले बताए ।

यस्तै बाढीपहिरोबाट सबैभन्दा बढी क्षति भएका र प्रभावित भएका बूढीगङ्गा नगरपालिकाका दुई, बडिमालिका नगरपालिकाका पाँच, त्रिवेणी नगरपालिकाका एक, जगन्नाथ गाउँपालिकाका दुई, बूढीनन्दा नगरपालिकाका दुई र गौमुल गाउँपालिकाका तीन गरी १६ जनालाई नगद राहत दिएको अध्यक्ष थापाको भनाइ छ ।

पहिरोबाट घरबारविहीन भएका बडीमालिका नगरपालिकामा कृषि शाखामा कार्यरत प्रेम महतलाई नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय समितिबाट रु २० हजार, जिल्ला कार्यसमितिबाट रु २२ हजार ५०० गरी रु ४२ हजार ५०० व्यक्तिगत सहयोग गरिएको छ ।

बाढीपहिरोपीडित १६ परिवारलाई प्रतिपरिवार रु छ हजारका दरले आर्थिक सहयोग गरेको छ भने बडिमालिका नगरपालिका कृषि विकास शाखामा कार्यरत प्राविधिक सहायक प्रेमबहादुर महत एशोसिएशन, कर्मचारी सङ्गठनबाट सङ्कलन गरिएको रु दुई लाख १८ हजार ५०० सहयोग गरेको छ ।

पाँच मृतकका परिवार, १६ पीडितपरिवार र एक निजामती कर्मचारीलाई गरेर रु तीन लाख ७२ हजार रकम राहतस्वरूप हस्तान्तरण गरिएको आधिकारिक ट्रेड युनियनका जिल्ला सचिव दिलीप शाहीले बताए ।

राहत रकम केन्द्रीय कार्यसमितिबाट रु ६० हजार, जिल्ला कार्यसमितिको तर्फबाट रु ३५ हजार, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन बाजुराको तर्फबाट रु एक लाख र नेपाल कृषि प्राविधिक एशोसिएशन सुदूरपश्चिम कार्यसमितिको पहलमा रु एक लाख ७७ हजार सङ्कलन गरिएको थियो ।

राष्ट्रसेवामा समर्पित कर्मचारीले बाढीपहिरोपीडितको समस्यामा सहयोग गर्ने कार्य प्रंशसनीय र स्वागतयोग्य भएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए । राससको सहयोगमा 

प्रतिक्रिया दिनुहोस