२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसारकै लामो झोलुङ्गे पुलमा बाक्लिदै आन्तरिक पर्यटक

अ+ अ-

बलेवा । कोरना भाइरसका कारण बन्दाबन्दी गरिएको समयमा निर्माण गरिएको बागलुङ-पर्वत जोड्ने झोलुङ्गे पुल हेर्न आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ ।

संसारकै लामो भनिएको सो पुल निषेधाज्ञा हटेकाले आन्तरिक पर्यटक देखिन थालेका हुन् । बन्दाबन्दीको समयमा सर्वसाधारणलाई सो पुलमा प्रबेश गर्न रोक लगाइएको थियो ।

बागलुङ नगरपालिकाको पहलमा निर्माण कम्पनीले हालै पुल सर्वसाधारणका लागि खुल्ला गरेपछि घुम्न आउनेहरु बढेको नगरप्रमुख जनकराज पौडेलले बताए ।

‘मर्निङ वाक’मा पुग्नेहरु र ‘इभिङ् वाक’ गर्नेहरु पुल घुम्न पुग्ने गरेका छन्’ उनले भने ‘कोरोनाको त्रास हुँदा पनि देखिएको चहपल सुखद छ ।’

दशैं र तिहारजस्ता पर्व नजिकीएको र मौसममा समेत सुधार आएपछि बागलुङ र पर्वतका गाउँ गाउँबाट पुल हेर्न आउनेहरु बढेको पर्यटन पत्रकार समूहका जिल्लाअध्यक्ष बिजय रानाले बताए । असोज १ देखि सार्वजनिक यातायात पनि खुल्ला भएपछि यो पुलमा थप चहल पहल बढेको उनको भनाइ थियो ।

उक्त नगरपालिकाको रामरेखादेखि छिमेकी पर्वत जिल्लाको पाङ जोड्ने यो पुल ५६७ मिटर लामो छ । यो सिङ्गल स्पानको पुल कालिगण्डकी नदीदेखि १६५ मिटर उचाइमा छ । सिङ्गल स्पान संसारकै लामो भएको जिकिरसहित यसलाई गिनिज बुकमा लेखाउने प्रकृयासमेत नगरपालिकाले थालेको छ ।

सो पुलबाट हेर्न सकिने पकृतिक दृष्यले पर्यटकलाई लोभ्याउँछ । प्रसिद्ध कालिका भगवतीको मन्दिर क्षेत्र, कालिगण्डकीको बहाव र दर्जनौ हिमऋङ्खला देखिने भएकाले यहाँ पर्यटक लोभिएको पर्यटन बिकास समितिका जिल्लाअध्यक्ष राजु खड्काले बताए । पुलमा पर्यटक देखिन थालेसँगै बागलुङ कालिका मन्दिरमा समेत चहलपहल देखिन थालेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस