२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना संक्रमणबाट झापा र सप्तरीमा एक-एक जना सङ्क्रमितको मृत्यु

अ+ अ-

दमक । कोरोना भाइरस सङ्क्रमणबाट झापा र  सप्तरीमा थप एक-एक जना सङ्क्रमितको मृत्यु भएको छ । झापा दमकका एक जना ५२ वर्षीय पुरुष र सप्तरीका ६७ वर्षीय वृद्धको बिहिबार साझँ कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

झापाको दमक नगरपालिका-९ का ५२ वर्षीय सङ्क्रमित पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु भएको हो ।

गत असोज १८ गते अस्पताल भर्नासँगै सङ्क्रमण देखिएका उनको दिउँसो उपचारका क्रममा मृत्युभएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । यससँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ र जिल्लामा १२ पुगेको छ ।

त्यसैगरी सप्तरीमा कोरोना सङ्क्रमणबाट बिहीबार साँझ थप एक वृद्धको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा जिल्लाको डाकनेश्वरी नगरपालिका-४ निवासी ६७ वर्षीय वृद्धका रहेको जिल्ला स्वास्थय कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

उपचारका लागि धरानतर्फ पठाउने क्रममा ६७ वर्षीय वृद्धको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य प्रमुख यादवका अनुसार चार–पाँच दिनअघि ज्वरो आएपछि उनी गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना भएका थिए । सोही क्रममा एक दिन अगाडि स्वाब परीक्षण गर्दा उनमा सङ्क्रमण भटिएपछि होमआइसोलेसन रहेका उनको थप उपचारका लागि लगिने क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए ।

होम आइसोलेसनमा उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिने क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । मृतक निमोनिया रोगले ग्रसित रहेको जनाइएको छ ।

यससँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको स्वास्थ्य कार्यालय प्रमुख यादवले जानकारी दिए । यस्तै हालसम्म सप्तरीमा एक हजार ३५७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये एक हजार ९६ निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस