२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई सामुदायिक वनमा आगलागी

अ+ अ-

बागलुङ । गलकोट नगरपालिका वडा नं ५ र ७ का दुई सामुदायिक वनमा आगलागी भएको छ । ठूलाचौर र भैँसे–दानसिङ सामुदायिक वनमा बुधबार दिउँसोदेखि आगलागी भएको हो । अझैसम्म आगो नियन्त्रणको प्रयास भएको छैन ।

भैँसे–दानसिङ सामुदायिक वनका सदस्य झङ्कबहादुर बस्नेतले आगो झन्झन् फैलिरहेको बताए । ‘आगलागी भएको ठाउँमा म दुईपटकसम्म पुगेँ, धेरै मान्छे नजुटेसम्म आगो नियन्त्रणमा आउने अवस्था छैन’, उनले भने । आगलागी भएको ठाउँमा अहिलेसम्म कोही पनि नआएको उक्त वनका उपभोक्तासमेत रहेका बस्नेतले जानकारी दिए । उनले वर्षौँदेखि वनमा थुप्रिएको सल्ली, खर, सुकेका काठ र पातपङ्तिगरले गर्दा आगो फैलिएको बताए ।

ठूलाचौर सामुदायिक वन नजिकको खरबारीमा व्यक्तिले लगाएको आगो वनतिर सरेको स्थानीयवासीले बताएका छन् । आगो कस्ले लगायो भन्नेबारेमा केही थाहा हुन नसकेको जनाइएको छ । आगो लामदारा सामुदायिक वनतर्फ सोझिँदै गएको छ ।

समयमा नियन्त्रण नगरे पर्यटकीय लेक घुम्टेको जङ्गतर्फ आगो फैलिने सम्भावना रहेको बताइएको छ । आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय हरिचौरमा खबर गरिएको घुम्टे युवा परिवार मल्मका अध्यक्ष थम्मन थापाले बताए । ‘प्रहरी र स्थानीयवासी मिलेर आगलागी नियन्त्रणको काम तत्काल थाल्नुपर्छ, नत्र रुख, वनस्पति, वन्यजन्तु र चराचुरुङ्गीको विनाश हुन सक्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस