झापा । झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेललाई कोरोना संक्रमण भएको छ ।
आफूलाई कोरोना पोजेटिभ भएपछि होमआइसोलेसनमा बसेको उनले बताए । ‘लक्षण केही देखिएको छैन’, उनले भने, ‘मसँग सम्पर्कमा आउनु भएकाहरुले सावधानी अपनाउनु हुन अनुरोध छ ।’
जिसस प्रमुख पोर्तेललाई कोरोना पोजेटिभ भएपछि जिल्ला समन्वय समितिको कार्यालय अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जिल्ला समन्वय अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।