काठमाडौँ । सरकारले साउदी अरब जेद्दामा रहेको राजपत्रांकित प्रथम श्रेणी प्रशासन समूह सहसचिवस्तरको दरबन्दी सार्ने निर्णय गरेको छ । उक्त दरबन्दी चीनस्थित नेपाली महावाणिज्य दूतावास छेन्दुमा स्थानान्तरण गर्ने निर्णय गरेको हो ।
गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले साउदी अरबको दरबन्दी चीनमा सार्ने निर्णय गरेको जानकारी गराए ।
प्रशासन उच्च स्रोतका अनुसार सो ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बैठक महाशाखा प्रमुख दिनेश कुमार घिमिरेलाई पठाइँदै छ ।