३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माछापालक कृषकलाई गाउँपालिकाको अनुदान

अ+ अ-

बनेपा । रोशी गाउँपालिका वडा नं. ९ का कुमार लामाले पिन्थलीवेँशीमा ठूलो दूई वटा पोखरी बनाएर माछा पाल्न थालेका छन् । करिब ८ लाखमा माछापालनको संरचना निर्माण पश्चात अहिले सो पोखरीमा माछाका भुरा हालेर हुर्काउने काममा उनी व्यस्त छन् ।

बजार क्षेत्र ठूलो भएको र त्यहाँ अरु त्यस्तो व्यवसाय नभएपछि माछापालन शुरु गरेको लामाले बताए । सो व्यवसायमा दुईमहिनादेखि दुई जनाले रोजगारी पाएका छन् ।

कुमार मात्रै होइन त्यसरी माछा पाल्नेमा सोही गाउँपालिका वडा नं. ७ का भीम लामा र वडा नं. ११ का बलराम आलेमगरले पनि व्यावसायिक माछापालन शुरु गरेका छन् । रोशीमा अहिले पिन्थलीवेँशीमा रहेको पोखरीमा ४० हजार माछाका भुरा हालेर माछापालन शुरु गरिएको छ । संरचना निर्माणगरेसँगै पोखरीको क्षमताको आधारमा माछाको भुरा उपलब्ध गरिदिएको रोशी गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताए । त्यस्तै वडा नं. ७ को चारसय फाँटमा ४० हजार र वडा नं. ११ मा १२ हजार माछाको भुरा उपलब्ध गराएको पालिका अध्यक्ष लामाले बताए ।

गाउँपालिकाले अनुदान दिएपछि यहाँ माछापालन व्यवसाय बढेको हो । ‘गाउँपालिकाले कार्यक्रम बनाएर प्रोत्साहन गर्ने हो, बाँकी काम कृषक आफैले ‘जसको मन, उसैको संरक्षण’ नारासाथ कृषि क्षेत्रका आम कृषकलाई सहभागिता गराउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौं’, उनले भने, ‘अहिले माछापालनलाई नगद अनुदानका साथै माछाका भुरा उपलब्ध गराएका छौं ।’

पालिका अध्यक्ष लामाका अनुसार माछापालक कृषकमध्ये माछाको भुरासहित कुमार लामालाई ३ लाख ५० हजार र बलराम आलेमगर र भीम लामालाई जनही २ लाख ५० हजारका दरले नगद अनुदान प्रदान गरिएको छ । गाउँपालिकाले स्थानीय कुखुरा, मौरीपालनको लागि घार र उन्नत जातको बाख्रापालनलाई अनुदान दिँदै आएको गाउँपालिका अध्यक्ष लामाले बताए ।

प्रतिक्रिया दिनुहोस