काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
शुक्रबार बिहान ओलीलाई भेट्न दाहाल अहिले केहीबेरअघि बालुवाटार पुगेका छन् । बिहान करिब साढे ९ बजेदेखि अध्यक्षद्वय ओली र दाहालबीच भेटवार्ता भइरहेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।
पछिल्लोपल्ट मुख्यसचिवसहित राजदूत नियुक्तिमा एकलौटी गरेको भन्दै असन्तुष्टि जनाएका दाहाल ओलीलाई भेट्न पुगेका हुन् ।