बुटवल । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कोहलपुर नगरपालिका वडा नंं. १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको रहेका छन्।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार दुवैजनालाई प्लाज्मा थेरापी र रेम्डिसिभिरबाट उपचार भइरहेको थियो ।
दुबैजनालाई भेन्टिलेटरमा राखेर उपचारको क्रममा एकजना संक्रमितको गएराति र एक जनाको बिहान ४ बजे मृत्यु भएको श्रेष्ठले बताए । नेपालगन्जका ४१ वर्षीय मृतक पुरुष नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन् ।