२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले प्राविधिक शिक्षा विस्तारलाई उच्च प्राथमितामा राखेको छ : मन्त्री नेम्वाङ

अ+ अ-

पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले प्राविधिक शिक्षा विस्तारलाई सरकारले उच्च प्राथमिकतामा राखी पूर्वाधार निर्माण गरिरहेको बताएका छन् ।

पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयमा सूचना सञ्चार प्रविधि प्रयोगशाला (आइसीटी) ल्याबको उद्घाटन गर्दै मन्त्री नेम्वाङले आधुनिक र प्राविधिक शिक्षाले मात्रै मुलुकको समृद्धिको यात्रामा सघाउ पुग्ने जनशक्ति उत्पादन गर्नसक्ने बताए । ‘जहाँसुकै पुगे पनि राम्रो रोजगारी प्राप्त गर्न सक्ने र आधुनिक नेपाल निर्माणमा सघाउ पुर्‍याउने दक्ष जनशक्ति उत्पादनका लागि आधुनिक र प्राविधिक शिक्षा अत्यावाश्यक छ’, मन्त्री नेम्वाङले भने, ‘भविष्यमा हाम्रो युवा जनशक्ति कमजोर नहोस् भन्ने उद्देश्यसहित सरकारले शिक्षा क्षेत्रमा लगानी गरिरहेको छ ।’

आवश्यक पूर्वाधार निर्माण गरी सरकारले प्रत्येक वर्ष १०० माध्यमिक विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्दै लैजाने नीति लिएको मन्त्री नेम्वाङले बताए । आधुनिक र प्राविधिक शिक्षा विस्तारको कार्य निरन्तर चलिरहेको र यसका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, जनशक्ति तथा प्रविधि विस्तारमा सरकारले लगानी गरिरहेको उनको भनाइ छ । शिक्षाको गुणस्तर सुधारका लागि सबै पक्षले जिम्मेवार पहल गर्नुपर्ने बताउँदै मन्त्री नेम्वाङले कोभिड-१९ द्वारा सिर्जित विषम परिस्थितिमा समेत विद्यार्थीलाई वैकल्पिक माध्यमबाट शिक्षण सिकाईमा जोड्न आवश्यक प्रयत्न गर्न आग्रह गरे ।

मन्त्री नेम्वाङका हजुरबुवाका बुवा प्रसादसिं नेम्वाङले जग्गा दान गरी उनकै पहलमा स्थापना भएको फिदिम माध्यमिक विद्यालयमै मन्त्री नेम्वाङले कक्षा १० सम्म अध्ययन गरेका थिए ।

उक्त विद्यालयमा रु ३५ लाख लागतमा २४ वटा कम्प्युटरसहित आधुनिक सूचना सञ्चार प्रविधि प्रयोगशाला स्थापना भएको हो । यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले प्राविधिक सहयोग पुर्‍याएको विद्यालयका प्रधानाध्यापक विनोदकुमार ठाकुरले बताए । जिल्लाकै नमूना विद्यालयको रुपमा रहेको विद्यालयमा गत शैक्षिक सत्रमा १ हजार ९६१ जना विद्यार्थी अध्ययनरत छन् ।

मन्त्री नेम्वाङले आफ्नै पुर्खाले स्थापना गरेको तथा आफूले अध्ययन गरेको विद्यालयलाई आफूले सक्दो सहयोग गर्ने बताए ।’मैले यो विद्यालयको उन्नयनका लागि धेरै लगानी गर्न खोजे पनि पाइरहेको थिइन्’, मन्त्री नेम्वाङले भने, ‘यस विद्यालयलाई आधुनिक एवम् प्राविधिक शिक्षा प्रदान गर्ने शिक्षास्थल बनाई जिल्लाका सबै विद्यालयलाई यसकै बाटोमा अघि बढाउन तीनै तहका सरकार लागिपर्नु पर्ने आवश्यकता छ ।’ विद्यालय संस्थापक प्रसादसिं नेम्वाङका नातिसमेत रहेका फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले उक्त विद्यालयको भौतिक पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर सुधारका लागि उपयुक्त समय रहेको बताए ।

प्रतिक्रिया दिनुहोस