११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्व बिरामी सुरक्षा दिवस : ‘स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनका लागि सरकार प्रतिबद्ध’

अ+ अ-

काठमाडौँ, । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले महामारीबाट नागरिकलाई जोगाउन र आफ्नो ज्यानको पर्वाह नगरी उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनसहित सम्मानजनक काम गर्ने वातावरण बनाउन सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

दोस्रो विश्व विरामी सुरक्षा दिवसका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले स्वास्थ्यकर्मीको सुरक्षा र सम्मानको लागि आवाज उठाउँदै आएका व्यक्ति तथा नागरिक समाजलाई धन्यवाद दिदै थप सुरक्षित र सम्मानपूर्ण वातावरण बनाउन सबैमा आग्रह पनि गरेका छन् ।

हरेक सेप्टेम्बर १७ तारिखमा मनाइने यो दिवसको यस वर्षको नारा ‘सुरक्षित स्वास्थ्यकर्मी स् सुरक्षित विरामी’ रहेको छ ।

नेपालमा कोरोना सङ्क्रमितमध्ये करिब ७२५ निको भइसकेका र ३७९ जनाले ज्यान गुमाईसकेका उल्लेख गर्दै मन्त्री ढकालले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

‘सङ्क्रमणबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन अपनाउनु पर्ने विश्वव्यापी मान्यता र नेपाल सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डहरूको अनिवार्य पालना गर्ने गराउने कार्यमा सहयोग पु¥याउन आम जनसमुदायलाई आव्हान गर्दछु ।’ सन्देशमा भनिएको छ, ‘स्वास्थ्य संस्थामा हुने सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा आफ्नो दक्षता र सीपको उच्चतम प्रयोग गरी खटिन स्वास्थ्यकर्मीलाई आव्हान गर्दछु ।’

उनले बिरामी, स्वास्थ्यकर्मी र जनसमुदायको सुरक्षाको लागि स्वास्थ्य संस्था भित्र र समुदायमा अपनाउनुपर्ने सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि तोकिएको मापदण्ड र विधिलाई पालना गर्न र गराउन स्वास्थ्यकर्मीलगायत सबैमा अनुरोध आव्हान पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस