३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी कर्मचारीका लागि १४ बुँदे आचार संहिता जारी

अ+ अ-

काठमाडौं । प्रहरीका कर्मचारीहरुका लागि १४ बुुँदे आचार संहितासम्बन्धी कार्यादेश, २०७७ जारी भएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापाले ‘नेपाल प्रहरीका कर्मचारीहरुले पालना गर्नुपर्ने आचार संहितासम्बन्धी  कार्यादेश,२०७७’ जारी गरेका हुन् ।

प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम उक्त कार्यादेश प्रहरी महानिरीक्षकबाट जारी गरिएको हो ।

उक्त कार्यादेशमा १४ बुँदे आचारसंहिता समेटिएका छन् । कार्यादेशमा महिला, वृद्धवृद्धा, पारदर्शी र व्यावसायिकतामा जोड दिइएको छ ।

१४ बुँदे आचारसंहिता : 

१) प्रहरी कर्मचारीले सेवा प्रवाह गर्दा, सेवाग्राहीसँग व्यवहार गर्दा वा व्यक्तिगत एवं पेसागत कर्तव्य निर्वाह गर्नु पर्दा अनिवार्य रूपमा सेवाग्राहीसँग कुनै प्रकारको आग्रह वा पूर्वाग्रह वा द्वेष भाव नराखी समान व्यवहार गर्ने, प्रहरी संगठन र कार्यरत कार्यालयको गरिमा बढाउने किसिमको उच्च नैतिकता देखाउने।

२) प्रहरी कर्मचारीहरूले समयको पालना गर्ने, व्यक्तिगत आचरण तथा अनुशासनमा रही आफ्नो काम, कर्तव्य इमान्दारी र तत्परताको साथ पालना गर्नु पर्ने। जाति विशेष, लिंग विशेष, धर्म विशेष, सम्प्रदाय विशेष, शरीर विशेषका आधारमा होच्याउने, हेप्ने, टिप्पणी गर्ने, मजाक गर्ने, हाउभाउ प्रकट गर्ने जस्ता क्रियाकलाप गर्न नहुने।

३) प्रहरी व्यावसायिकतालाई आत्मसात गरी प्रहरी अधिकृत तथा जवानहरूबीच एकापसमा भाइचारापूर्ण एवं सुमधुर पारस्परिक सम्बन्ध कायम गर्ने।

४) कार्यालयको कामको सञ्चालन र कार्यसम्पादन सम्बन्धमा आफ्नो कामप्रति अद्यावधिक भइरहनु पर्ने र आजको काम आजै गर्ने परिपाटी विकास गर्नु पर्ने र आफूले सम्पादन गरेको कार्यको संस्थागत अभिलेख तोकिएको ढाँचामा राख्ने।

५)आर्थिक कारोबार र बजेट सञ्चालनमा संलग्न प्रहरी कर्मचारीले प्रचलित आर्थिक ऐन, नियमहरू, तालुक तथा अर्थ मन्त्रालयबाट जारी निर्देशिका र प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरशः पालना गर्ने र आर्थिक पारदर्शिता कायम गर्ने।

६) प्रहरी कर्मचारीले कार्य प्रकृतिको आधारमा जनपद वा प्राविधिक जुनसुकै समूह अन्तर्गतको जिम्मेवारीमा रहेको भएता पनि नागरिकमैत्री अवधारणा अनुरूप सेवाग्राहीलाई सेवा प्रवाह गर्नु गराउनु पर्ने।

७) प्रहरी कर्मचारीले ड्युटी गर्दा तथा सेवा प्रवाह गर्दा विनम्रताका साथ सभ्य र शिष्ट बोलीचालीको प्रयोग गरी यथासम्भव शीघ्र, सहज र जवाफदेही ढङ्गबाट सेवा प्रदान गर्नुपर्ने र फरक क्षमता भएका व्यक्तिहरू, ज्येष्ठ नागरिक तथा बालबालिकाहरूलाई प्राथमिकतामा राखी सेवा प्रवाह गर्ने।

८) प्रहरी कर्मचारीले तोकिएबमोजिम अनुमति प्राप्त नगरी विदेशी नियोग, विदेशी कूटनीतिक व्यक्ति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग भेटघाट, सम्पर्क तथा सहकार्य नगर्ने ।

९) प्रहरी कर्मचारीले आफ्नो पदीय जिम्मेवारी र दायित्वसँग असम्बन्धित कार्यक्रममा सहभागी हुन, सम्बोधन गर्न, मन्तव्य दिन या अन्य टीकाटिप्पणी गर्न नहुने।

१०) प्रहरी कर्मचारीले व्यक्तिगत स्वार्थपूर्ति वा आफ्नो व्यक्तिगत लोकप्रियताको लालचमा सञ्चारमाध्यमको प्रयोग गर्न तथा सोही प्रयोजनले सूचना चुहावट वा सम्प्रेषण गर्न नहुने।

११) प्रहरी कर्मचारीले सामाजिक सञ्जालबाट राष्ट्रिय अखण्डतामा खलल पार्ने, साम्प्रदायिक दङ्गा भड्काउने, आतङ्ककारी गतिविधिलाई प्रश्रय दिने, शान्ति सुरक्षामा खलल पार्ने तथा अपराध अनुसन्धानलाई प्रभावित पार्ने गतिविधिहरू प्रकाशन, प्रसारण गर्न तथा त्यस्ता विषयमा लाइक, कमेन्ट, सेअर, ट्याग, ट्वीट, रि–ट्वीट जस्ता क्रियाकलाप गर्न वा गराउन नहुने।

१२) कार्य सम्पादनको क्रममा प्रचलित अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कानुन, नेपाल सरकार तथा प्रहरी सङ्गठनले अवलम्बन गरेको मानव अधिकारसम्बन्धी सिद्धान्तको संरक्षण, सम्बद्र्धन तथा परिपालना गर्नु पर्ने।

१३) अभिवादन स्वरूप हात मिलाउनु स्वाभाविक भएता पनि विपरीत लिङ्गीलाई मौका पाउनासाथ थपथपाउने वा मुसार्ने, टॉसिने, छुने, चिमोट्ने कार्य नगर्ने, राम्रो काम गरेबापत स्पर्श गर्न पाउने मनसायले विपरीत लिङ्गीलाई धाप मार्नु नहुने।

१४) कार्यादेशको पालना सम्बन्धमा प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, संघीय प्रहरी एकाइ कार्यालय, महानगरीय प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालयमा गठित छुट्टाछुट्टै अनुगमन समितिले अनुगमन गर्ने।

प्रतिक्रिया दिनुहोस