काठमाडौं । भक्तपुरमा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन् ।
मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला अधिकारी र छोरा सुशान्त मृत अवस्थामा भेटिएका हुन् । प्रहरी स्रोतका अनुसार एउटा कुकुर पनि मरेको अवस्थामा भेटिएको जनाएको छ ।
महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले एकै परिवारका तीन जनाको शंकास्पद मृत्यु भएको पाइएको बताए । ‘हामीले अनुसन्धान थालेका छौं । यसमा संलग्नलाई पत्ता लगाएर सार्वजनिक गर्नेछौं,’ उनले भने ।