३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सक्रिय संक्रमित २०० नाघे बन्दाबन्दी, ५०० नाघे निषेधाज्ञा

अ+ अ-

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड-१९ को सङ्क्रमणलाई रोक्नका लागि ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमण भएका जिल्लामा बन्दाबन्दी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको बताए ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १२ वटा रहेका छन् । मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्दही रहेका छन् । अक्सफोर्ड पोलेसि म्यानेजमेन्टले गरेको नेपालमा कोरोना भाइरसको सङ्क्रमितको सर्वेक्षणमा भ्रममा नपर्ने मन्त्रालयका प्रवक्ता डा गौतमले बताए । उनले मन्त्रालयले आफ्नै नेपालमा कति सङ्क्रमित हुन सक्छन् भनेर अनुमान गर्नका लागि प्रक्षेपण गरिरहेको समेत जानकारी दिए ।

उनले कोरोनाको खोप विश्वमा बनेर परीक्षणको क्रममा रहेको भन्दै खोपको सफल परीक्षणपश्चात नेपालमा समेत ल्याइने जानकारी दिए। यस्तै मन्त्रालयले सोह्र श्राद्ध भर्चुअल विधिबाट गर्नसमेत आग्रह गरेको छ । कोरोना भाइरसको सङ्क्रमण विगत २४ घण्टामा एक हजार १२० जनामा देखिएको छ ।

अहिलेसम्म नेपालमा ४१ हजार ६४९ जना कोभिड-१९ को सङ्क्रमण देखिएको छ । आजै १ हजार ११२ जना निको भएका छन् । अहिलेसम्म २३ हजार २९० जना निको भएर घर फर्किएका छन् । यो ५६ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस