काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५ सय २९ जना पुगेको जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७ सय ६८ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा २२ हजार १ सय ७८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।