विराटनगर । सोमबार साँझ मृत्यु भएका धरानका एक पुरुषका कोरोना संक्रमण पुष्टि भएको छ ।
धरान उपमहानगरपालिका-११ बस्दै आएका ६५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका कारण मृतकको मंगलबार बिहान स्वाब संकलन गरिएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको धरान उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
उनका अनुसार ती मृतक पुरुष बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्वकर्मचारी हुन् । मृतकमा ज्वरो र निमोनियाको समस्या देखिएको थियो ।