२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृतलाई अपाङ्गता भएको भन्दै गाउँपालिका अध्यक्षले हाजिर लगाउन दिएनन्

अ+ अ-

डडेल्धुरा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सातौँ तहका कर्मचारी नरेन्द्रसिंह ठगुन्नालाई डोटीको जोरायल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा २५ साउनमा सरुवा गरेता पनि उनले हाजिर गर्न पाएका छैनन्।

गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई शारीरिक रूपमा अशक्त (अपाङ्गता) भएको भन्दै हाजिर गर्न नदिएका हुन्।

अध्यक्षले फोन गरेर नआउनु आए पनि हाजिरी लगाउन दिँदैनौ भनेपछि आफू नगएको ठगुन्नाले बताए । उनले सरुवा भएपछि सुरुमा फोन गर्दा अध्यक्षले अहिले नआउनोस्, तपाईँको सरुवा अन्तै मिलाइदिन्छु भनेर आउन नदिएको बताए। सरुवा भएको धेरै दिन भइसकेपछि फोन गरेर आउँछु भन्दा हाजिर हुन नदिने भन्दै नआउन अध्यक्षले चेतावनी दिएको उनको भनाइ छ।

यसअघि ठगुन्ना डडेल्धुराका आलिताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्दै आएका थिए। मन्त्रालयले आलितालमा ठगुन्नाको ठाउँमा भोजबहादुर ऐरलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको छ। गाउँपालिका कार्यालयका अनुसार उनी ४ भदौमा हाजिर भएर ८ भदौमा बिदामा गएका छन्।

सरुवा भएकै दिन २५ साउनबाटै बिदामा बसेका ठगुन्ना सरुवा भएको ठाउँमा हाजिर हुन नपाएपछि आलितालमै फर्केका छन्। सरुवा भएर आएका प्रशासकीय अधिकृत बिदामा गएपछि ८ भदौबाट आलितालमै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा काम गरिरहेको ठगुन्नाले बताए।

‘जोरायलमा अध्यक्षले अपाङ्गता भएको भनेर हाजिर लगाउन दिएनन्। हाजिर हुन नपाएकाले अन्यत्र सरुवा माग्दै मन्त्रालयलाई तीन पटक पत्र पठाइसके पनि सुनुवाइ भएको छैन।’ उनले भने, ‘नयाँ आइसकेकाले यता पनि दुई प्रशासकीय अधिकृत हुने भयौँ ।’ शारीरिक रूपमा काम गर्न नसक्ने भनेर मलाई होच्याइएको छ।’

अधिकृत ठगुन्नाले सरकारले खटाएको ठाउँमा जहाँ पनि काम गर्न सक्ने बताए। जोरायलभन्दा विकट आलितालमा काम गर्न सक्ने तर, जोरायलमा मैले किन काम गर्न नसक्ने ? उनले गाउँपालिका अध्यक्षलाई प्रश्न गरे।

अध्यक्ष ओझाले मन्त्रालयलाई पत्र पठाएर शारीरिक अशक्तताका कारण ठगुन्नाले काम गर्न नसक्ने भन्दै उनको अन्यत्र सरुवा गर्न भनेका छन्। ठगुन्ना शारीरिक रूपमा अपाङ्ग भएकाले भौगोलिक रूपमा विकट गाउँपालिकामा कामकाज गर्न नसक्ने पत्रमा उल्लेख छ। ठगुन्ना ढाडसम्बन्धी अपाङ्गता भएका व्यक्ति हुन्।

ओझाले भने शारीरिक रूपमा असक्षमका साथै मन्त्रालयले पनि आफूसँग समन्वय नगरी पठाएकाले प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिएको बताए। संविधानले तीनै तहका सरकारबिच समन्वय, सहकार्य गर्नुपर्ने भने पनि प्रशासकीय अधिकृत पठाउँदा मन्त्रालयले आफूसँग कुनै समन्वय नगरेको उनको भनाइ छ।

‘सुदूरपश्चिमका सबै स्थानीय तहमा निमित्त प्रशासकीय अधिकृतले काम गरिरहेका छन्। जोरायलमा मात्रै किन प्रमुख प्रशासकीय अधिकृत चाहिन्छ ? ‘सबै ठाउँमा निमित्त छन्, सुब्बाले चलाइरहेका छन्।’ उनले भने, ‘उहाँ अपाङ्गता पनि हुनुहुन्छ। उहाँकै राम्रोको लागि मैले जोरायलमा नआउनु भनेर भनेको हुँ।’

प्रतिक्रिया दिनुहोस